नियम ७
जग्गा दर्ता गर्ने
(१) कमिशनले बिक्री वितरणमा जग्गा पाउने व्यक्तिको नाउँमा जग्गा दर्ता गर्न स्थानीय माल अड्डालाई आदेश दिनु पर्छ ।
(२) उपनियम (१) बमोजिमको आदेश प्राप्त भएपछि माल अड्डाले जग्गावालाको हैसियतले निजको नाममा अनुसूची–३ बमोजिमको ढाँचामा सो जग्गा दर्ता गर्नु पर्नेछ र त्यसको एक प्रति नक्कल सम्बन्धित जग्गावालालाई दिनु पर्छ ।